किबोर्ड    

   
प्रयोगकर्ता निर्देशिका

(नेपालीमा)               Database
(अंग्रेजीमा)

(नेपालीमा)
(अंग्रेजीमा)

(नेपालीमा)
(अंग्रेजीमा)


समकालीन नेपाली शब्दकोश

समकालीन नेपाली शब्दकोश पाठसङ्ग्रहको प्रयोग गरी निर्माण गरिएको हो। यो नेपाली भाषाको पाठसङ्ग्रहमा आधारित पहिलो शब्दकोश हो। पहिलो चरणमा यो शब्दकोश अनलाइन संस्करणका रूपमा सार्वजनिक गरिएको छ। तर आगामी दिनमा यसलाई मुद्रित संस्करणमा पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ। यस शब्दकोशका मुख्य विशेषताहरू:

    १. यसमा पाठ विश्लेषक सफ्टवेयर जाएरा (Xaira) को प्रयोग गरी पाठसङ्ग्रहबाट शब्द सूची तयार गरी त्यस सूचीबाट सबै भन्दा बढी आवृत्तिका शब्दहरू छानिएको छ ।
    २. ती शब्दमध्ये कोशनिर्माण विज्ञानको आधारमा छानिएका शब्दलाई शब्दकोशमा राखिएको छ।
    ३. पाठसङ्ग्रहमा शब्दानुक्रमणिका (Concordances) हेरेर त्यसको आधारमा शब्दको अर्थ वा परिभाषा लेखिएको छ।
    ४. परिभाषा लेख्दा सकेसम्म सरल र आधारभूत शब्दको प्रयोग गरिएको छ।
    ५. समस्त र व्युत्पन्न शब्दको परिभाषा लेख्दा मूल शब्दलाई आधार बनाइएको छ।
    ६. शब्दको अर्थ स्पष्ट हुने उदाहरण पाठसङ्ग्रहबाटै राखिएको छ।
    ७. उदाहरण राख्दा पदावली, वाक्यांश वा वाक्य राखिएको छ।
    ८. उदाहरणको रूपमा वाक्य लिँदा सकेसम्म छोटा र सरल वाक्य छानिएको छ। त्यस्तो नभएको अवस्थामा लामा वाक्यबाट काटेर सान्दर्भिक अंश मात्र राखिएको छ, तर पाठसङ्ग्रहमा भएको वाक्यमा कुनै पनि कुरा थपिएको छैन।
    ९. उदाहरणको हिज्जे पाठसङ्ग्रहमा जस्तो छ त्यस्तै राखिएको छ, सच्याइएको छैन।
    १०. सकेसम्म कुनै व्यक्ति, समुदाय वा वर्गलाई असजिलो लाग्ने उदाहरण नपरोस् भन्नेमा सचेतता देखाइएको छ। (यति हुँदाहुँदै पनि कहीँ कतै त्यस्तो परेको जानकारी प्राप्त भएमा सच्याइने छ)
    ११. एक भन्दा बढी र असम्बन्धित अर्थ भएका शब्दको अर्थ निर्देशक शब्द (Guide word) पनि दिइएको छ।
    १२. प्रयोग क्षेत्र निश्चित र सीमित भएका शब्दको प्रयोग निर्देशक शब्द (Pragmatics) पनि दिइएको छ।
    १३. यस शब्दकोशमा ७६०५ शब्द छन्। तीमध्ये मूल शब्द ४७१०, व्युत्पन्न शब्द १८८९ र समस्त शब्द १००६ छन्। तीमध्ये मोटामोटी मूल शब्द ४३ सम्म आवृत्ति भएका, व्युत्पन्न शब्द ४८ सम्म आवृत्ति भएका र समस्त शब्द ४३ सम्म आवृत्ति भएका छन्। समस्त शब्द अन्तर्गत समस्त; द्विरुक्त र प्रतिध्वनि शब्द (Eco word) राखिएको छ।

यो साइट हेरिने मुलुकहरु
  Locations of visitors to this page